देश/प्रदेश

भोटेकोशी बाढीः हुम्लाका चार जनाको दाहसंस्कार

Banner

हुम्ला, भदौ २४ –

रसुवाको भोटेकोशी बाढीमा परी बेपत्ता भएका हुम्लाका चार जनाको काठमाडौँस्थित पशुपति आर्यघाटमा पुत्ला बनाएर दाहसंस्कार गरिएको छ ।

यही भदौ १० गते गएको बाढीमा परी हुम्लाका सात जना बेपत्ता भएका थिए । तीमध्ये चार जनाको यही भदौ २३ गते १३ दिनको पुण्यतिथिको अवसर पारेर आफन्तले हिन्दू धार्मिक संस्कारअनुसार पुत्ला बनाई दाहसंस्कार गरेका हुन् ।

दाहसंस्कार गरिएकाहरुमा अनिता रावत, जनक बुढा, कविता बुढा र रियान्सा बुढा रहेका छन् । अनिता र जनक खार्पुनाथ गाउँपालिका–१ गोप्काका हुन् भने कविता र रियान्सा सर्केगाड गाउँपालिका–८ का बासिन्दा रहेका उहाँहरुका आफन्त भीमबहादुर रोकायाले बताउनुभयो । उहाँका अनुसार बेपत्ता भएकाहरुको १३ दिनसम्म पनि कुनै खबर नआएपछि दाहसंस्कार गरिएको हो । बेपत्ता भएकामध्ये यसअघि एक जनाको शव फेला परेको थियो भने अन्य दुईको अवस्था अझै अज्ञात छ ।

पर्साः यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा परी पर्सा जिल्लाका बेपत्ता भएकाहरूको दाहसंस्कार गर्न थालिएको छ । धेरै दिनसम्म खोजी गर्दा समेत कुनै जानकारी नआएपछि उनीहरुका परिवारजनले आ–आफ्नो रीतिरिवाजअनुसार दाहसंस्कार गर्न थालेका हुन् ।

जिल्लाको कालिकामाई गाउँपालिकाका आलोक चौरसिया र गौरीशङ्कर चौरसिया, वीरगञ्ज महानगरपालिकाका आरभ चौरसिया तथा पर्सागढी नगरपालिकाका नरेश राईको कुशको शव बनाई दाहसंस्कार गरिएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>