चितवन विशेष

स्मल हेभनका विद्यार्थीले दिए प्रधानमन्त्री दैवी प्रकोप कोषमा ३५ हजार

Banner

चितवन, भदौ १५

विद्यार्थीको नेतृत्वमा सामाजिक उत्तरदायित्व अन्तर्गत इन्टरयाक्ट क्लब अफ स्मल हेभन मोडल स्कुलका विद्यार्थीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३५ हजार ३१० रुपियाँ जम्मा गरेका छन् ।

क्लबकी अध्यक्ष अर्पिता खरेलको नेतृत्वमा विद्यार्थीले विद्यालयमा रकम सङ्कलन गरी कोषमा जम्मा गरेका हुन् । राहत सङ्कलन अभियानमा रोटरी क्लब अफ भरतपुर र विद्यालयको समेत समन्वय रहेको थियो । विद्यार्थीलाई सानै उमेरदेखि सामाजिक कार्यमा सहभागी गराउँदा सामाजिक उत्तरदायित्वबोधसँगै व्यक्तित्व र नेतृत्व विकासमा सहयोग पुग्ने विद्यालयका प्राचार्य विमल क्षेत्रीले बताउनुभयो ।

यसैबिच विपद्बाट प्रभावित समुदायका बालबालिकाका लागि ५० जोरभन्दा बढी कपडा पनि सङ्कलन गरिएको क्लबकी अध्यक्ष खरेलले जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>