चितवन विशेष

प्रधानमन्त्री दैवी उद्धार कोषमा बेष्ट वेस्र्टन सिराईचुली होटलले दियो ५ लाख १ हजार

Banner

चितवन, भदौ १४–

चितवनको भरतपुर–१०, स्थित बेस्ट वेस्र्टन सिराइचुली होटलले प्रधानमन्त्री राहत कोषमा ५ लाख १ हजार सहयोग गरेको छ ।

आज विहान चितवन उद्योग वाणिज्य संघ मार्फत होटलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम प्रदान गरेको हो ।
होटलका अध्यक्ष चुडामणि खनालले चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदीलाई चेक हस्तान्तरण गर्नुभयो । देश महाबिपत्तीमा परेको बेला सानो सहयोग स्वरुप रकम हस्तान्तरण गरिएको अध्यक्ष खनालले बताउनुभयो । राहत, उद्धार तथा पुर्नस्थपनामा सघाउन पुग्ने अपेक्षासहित उक्त रकम प्रदान गरिएको खनालले बताउनुभयो ।

गत भदौ १० गते रसुवामा आएको बाढीले हजारौं मानिस बेपत्ता छन् । हालसम्म करिव ८ सय जनाको मृत्यु भइसकेको छ । बाढीले रसुवा, नुवाकोट र धादिङमा ठूलो क्षति पुर्‍याएको छ । राहत तथा पुर्नस्थापनाका लागि अहिले विभिन्न संघसंस्था र व्यक्तिहरुले सहयोग रकम हस्तान्तरण गरिरहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>