खेलकुद

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा क्यानले ३० लाख दिने

Banner

काठमाडौं, भदौ १३ —

नेपाल क्रिकेट संघ (क्यान) ले बाढीपीडितका लागि ३० लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

देशका विभिन्न भागमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको राहत, उद्धार र पुनर्स्थापनाका लागि ३० लाख रुपैयाँ सहयोग गर्ने क्यानले घोषणा गरेको हो। उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने क्यानले जनाएको छ।

शुक्रबार जारी प्रेस विज्ञप्तिमार्फत क्यानले बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित परिवार र समुदायप्रति गहिरो दुःख व्यक्त गर्दै कठिन परिस्थितिमा पीडित नागरिकहरूको साथमा उभिने प्रतिबद्धता जनाएको हो। क्यानका सचिव पारस खड्काद्वारा हस्ताक्षरित विज्ञप्तिमा राहत, उद्धार र पुनर्स्थापनाका कार्यमा आवश्यक सहयोग र सहकार्यका लागि संघ सधैं प्रतिबद्ध रहने उल्लेख गरिएको छ।

रसुवा केन्द्रित भीषण बाढीपछि सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा विभिन्न बैंक, निजी क्षेत्र तथा संघसंस्थाहरूले पनि सहयोग रकम उपलब्ध गराइरहेका छन्।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>