देश/प्रदेश

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

Banner

काठमाडौँ, भदौ १-

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक दुई दशमलव शून्य एक अङ्कले घटेर दुई हजार ६४१ दशमलव ८२ मा पुगेको हो ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव शून्य आठ अङ्कले घटेर ४६३ दशमलव ६४ मा पुगेको छ । फ्लोट सूचक शून्य दशमलव ४७ अङ्कले घटेर १८१ दशमलव २८ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट सूचक भने शून्य दशमलव ४९ अङ्कले घटेर १५६ दशमलव ६४ मा पुगेको छ ।

आज विभिन्न कम्पनीका एक करोड १९ लाख ३२ हजार ३५ कित्ता सेयर रु पाँच अर्ब ५२ करोड ५५ लाख ११ हजार ८७२ मूल्यमा खरिद बिक्री भएको छ । आज १३ उपसमूहमध्ये पाँच उपसमूहको सेयर मूल्य बढेको छ भने आठ उपसमूहको मूल्य घटेको छ ।

त्यस्तै आज ७२ कम्पनीको सेयर मूल्य बढ्दा २०१ कम्पनीको मूल्य घट्नुका साथै पाँच कम्पनी स्थिर रहेका छन् । नेप्सेका अनुसार आज सर्वोत्तम पेन्ट्स इन्डिष्ट्रज, माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट कम्पनी, रिलाइन्स स्पिनिङ मिल्सलगायत कम्पनीका लगानीकर्ताले कमाएका छन् । त्यसैगरी फष्ट माइक्रोफाइनान्स लघुवित्त, महिला लघुवित्त, खानीखोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>