बजार

के हो ई–कमर्स प्लेटफर्म ‘चाइनाबजार’ ?

Banner

काठमाडौँ, साउन २९–

सिल्क ग्रुप अहिले डिजिटल क्षेत्रमा प्रवेश गरेको छ । जुलाई २०२६ मा सिल्क ग्रुपले नेपालमा उपभोक्तालाई सुरुदेखि अन्तिम सेवासम्म प्रदान गर्ने चाइनाबजार नामक ई–कमर्स प्लेटफर्म सुरुवात गरेको छ ।

यसको अवधारणा सरल तर प्रभावकारी थियो—नेपालमा चिनियाँ वस्तुको मूल्य बढाउने बिचौलियाका तहहरू हटाउने नै हो । चीनमा रहेको आफ्नो विद्यमान सोर्सिङ सञ्जाललाई नेपालमा बिजनेस–टु–कन्ज्युमर (द्य२ऋ) प्लेटफर्मसँग जोड्दै सिल्क ग्रुपले सुलभ मूल्यमा सामान प्राप्त गर्ने अवसरलाई विस्तार गर्ने लक्ष्य राखेको छ ।

डिजिटल र भौतिक बजारबीचको दूरी कम गर्न चाइनाबजारले काठमाडौंको गुण कम्प्लेक्समा नेपालको पहिलो चाइनाबजार एक्सपेरियन्स स्टोर समेत सञ्चालनमा ल्याएको छ । यसबाट ग्राहकले अनलाइन खरिद गर्नुअघि सामानलाई प्रत्यक्ष हेर्न, छुन र अनुभव गर्न सक्छन् ।

आगामी दिनमा नेपालका प्रमुख सहरहरूमा यस्ता एक्सपेरियन्स स्टोर विस्तार गर्ने योजना रहेको छ । सिल्क ग्रुपको रणनीति लजिस्टिक्सलाई आधार बनाउने र त्यसै आपूर्ति शृंखलाबाट लाभ लिन सक्ने सम्बन्धित व्यवसायहरू विस्तार गर्दै जाने हो ।
तर हिमाली भूगोलमा व्यापारिक साम्राज्य निर्माण गर्नु कहिल्यै सरल यात्रा हुँदैन । यहाँ पहिरो, भूराजनीतिक तनाव र नियामकीय चुनौतीहरू छन् । यिनै चुनौतीबीच एक व्यक्तिको नेतृत्व, निरन्तर प्रयास, मेहनत र समर्पणले सिल्क ग्रुप निर्माण भएको हो ।
सिल्क ग्रुपका अध्यक्ष रमेश शेर्पा विविधकरण नै वृद्धिको मुख्य आधार भएको बताउँदै सोही अनुसार चाइनाबजार संचालनमा ल्याइएको बताउँछन् । ‘सुरुमा यसले बिजनेस–टु–कन्ज्युमर (द्यद्दऋ) मोडलमा प्रत्यक्ष ग्राहकलाई सेवा दिनेछ र पछि बिजनेस–टु–बिजनेस (द्यद्दद्य) सेवामा विस्तार हुनेछ । नेपालभर द्यद्दद्य सेवा विस्तार भएपछि साना तथा मझौला व्यापारीहरूले चाइनाबजार प्लेटफर्मबाट लाभ लिन र आफ्नो व्यवसाय विस्तार गर्न सक्नेछन् ।’–अध्यक्ष शेर्पाले भने ।

चाइनाबजारको सुरुवातसँगै ग्रुपले अर्को महत्वपूर्ण कदम पनि चालेको छ । काठमाडौंको गुण कम्प्लेक्समा ‘चाइनाबजार एक्सपेरियन्स स्टोर’ सञ्चालनमा ल्याइएको छ । अफलाइन रिटेल एक्सपेरियन्स स्टोरमा ग्राहकले सामान खरिद गर्नुअघि प्रत्यक्ष रूपमा हेर्न, बुझ्न र अनुभव गर्न सक्छन् । चाइनाबजारले क्रमशः नेपालका प्रमुख सहरहरूमा यस्तो अवधारणा विस्तार गर्ने योजना बनाएको छ ।

पहिलो चरणमा एक वर्षभित्र थप दुईवटा चाइनाबजार एक्सपेरियन्स स्टोर खोल्ने लक्ष्य राखिएको अध्यक्ष शेर्पाले बताए । उनका अनुसार पहिलो वीरगन्ज र दोस्रो भैरहवामा खोलिनेछ । ग्रुपले चाइनाबजारले नेपालीहरूको किनमेल गर्ने बानीमा परिवर्तन ल्याउँदै थप सहज र पहुँचयोग्य खुद्रा व्यापारिक अनुभव प्रदान गर्ने विश्वास लिएको छ ।
सिल्क ग्रुपले ५० टनसम्म सामान बोक्न सक्ने ठूला विद्युतीय ट्रकमार्फत ढुवानी सेवा पनि सञ्चालनमा ल्याउने तयारी गरेको छ । यसमार्फत नेपालभर साना–ठूला सबै प्रकारका व्यवसायलाई माल ढुवानी सेवा उपलब्ध गराइनेछ ।

चाइनाबजार प्रा.लि.की प्रमुख कार्यकारी अधिकृत (सिइओ) स्तुती श्रेष्ठले नवप्रवर्तन नै चाइनाबजारको आधार रहेको बताइन् । चाइनाबजार चीनको बजारमा उपलब्ध उत्कृष्ट वस्तुलाई नेपालसँग नजिक ल्याउने उद्देश्यले स्थापना गरिएको नवीन ई–कमर्स प्लेटफर्म हो । कम्पनीको उद्देश्य चीनबाट सावधानीपूर्वक छनोट गरिएका उच्च गुणस्तरका, नवीन तथा मूल्यअनुसार उचित वस्तु नेपाली उपभोक्तालाई उपलब्ध गराउनु रहेको सिइओ श्रेष्ठले बताइन् । ‘हाम्रो लक्ष्य गुणस्तरीय चिनियाँ उत्पादनलाई विश्वसनीय, पारदर्शी र प्रभावकारी ई–कमर्स प्लेटफर्ममार्फत नेपालमा उपलब्ध गराउनु हो । नवप्रवर्तन चाइनाबजारको आधार हो।

नवप्रवर्तन केवल प्रविधिमा सीमित हुँदैन; यो व्यवसायका हरेक पक्षमा लागू हुन्छ भन्ने हाम्रो विश्वास छ ।’–सिइओ श्रेष्ठले भनिन् ।चाइनाबजार प्रा.लि.का व्यवसाय तथा वृद्धिका प्रमुख निषाद मान सिंह बस्नेतले चाइनाबजारको लक्ष्य सबैभन्दा विश्वसनीय बजार बन्नु रहेको बताउँछन् । परम्परागत रूपमा नेपालमा आयातित वस्तुको खुद्रा व्यापारमा धेरै तहका बिचौलिया संलग्न हुन्छन् । जसले उपभोक्ताका लागि लागत र समय दुवै बढाउँछ । चाइनाबजारको मूल अवधारणा यही बिचौलियाका तहहरू हटाएर यो अन्तर कम गर्नु रहेको बस्नेत बताउँछन् । ‘हामी चीनका उत्पादकबाट प्रत्यक्ष सामान खरिद गर्छौँ र बिचौलियाका सबै तह हटाउँछौँ । हामीसँग आफ्नै गोदाम, कन्टेन्ट स्टुडियो र प्लेटफर्म छ । यसले चाइनाबजारलाई उपभोक्ताका लागि सुरुदेखि अन्तिमसम्मको सेवा प्रदायक बनाएको छ ।’–बस्नेतले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>