Breaking News

३ दिनदेखि सुनको मूल्यमा लगातार गिरावट, कतिमा हुँदै छ आज कारोवार ?

Banner

काठमाडौँ, साउन २९-

साताको अन्तिम दिन नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४ हजार ६ सय रुपैयाँ घटेको हो । योसँगै आजका लागि सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ६ सय कायम भएको छ ।

हिजो सुनको भाउ तोलामा ५ सय रुपैयाँ घटेर ३ लाख ६ हजार २ सयमा झरेको थियो। त्यसअघि बुधबार पनि सुनको भाउ तोलामा १ हजार २ सय रुपैयाँ घटेको थियो। तर, गत साता ५ दिनमा मात्रै सुनको मूल्य २४ हजार २ सय बढे थियो ।

त्यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ। तोलामा ९० रुपैयाँ घटेर चाँदीको भाउ आज ४ हजार ६ सय ६० रुपैयाँमा झरेको महासंघले जनाएको छ। हिजो चाँदीको भाउ ४ हजार ७ सय ५० रुपैयाँ थियो।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>