स्वास्थ्य
मनमोहन अस्पतालमा ज्येष्ठ कलाकारहरुको स्वास्थ्य परीक्षण

काठमाडौं, साउन १९ –
‘नेपाल ज्येष्ठ नागरिक स्वाथ्य केन्द्र’द्वारा ज्येष्ठ कलाकारहरुको स्वास्थ्य परीक्षण गरिएको छ ।
मनमोहन मेमोरियल मेडिकल कलेज एन्ड टिचिङ हस्पिटलमा रहेको स्वास्थ्य केन्द्रबाट मंगलबार ‘नेपाल चलचित्र कलाकार संघ’ संग सहकार्य गर्दै नेपाल ज्येष्ठ नागरिक स्वास्थ्य केन्द्रले कलाकारहरूको निःशुल्क स्वास्थ्य परीक्षण गरेको हो ।
चलचित्र क्षेत्रका ६० वर्षभन्दा माथिका ज्येष्ठ सदस्यहरूका लागि निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन हुँदैछ । नेपाल जेरियाट्रिक्स सेन्टर र नेपाल चलचित्र कलाकार संघको संयुक्त पहलमा यो स्वास्थ्य सेवा प्रदान गर्न लागिएको हो ।
नेपाल ज्येष्ठ नागरिक स्वास्थ्य केन्द्रको अभियान अन्तर्गत आयोजना गरिएको यस कार्यक्रममा कलाकारहरूलाई निःशुल्क डिमेन्सिया तथा जेरियाट्रिक स्वास्थ्य परीक्षण सेवा उपलब्ध गराइने भएको छ ।
निशुल्क स्वास्थ्य परीक्षणका लागि नेपाल चलचित्र कलाकार संघको आधिकारिक परिचयपत्र वा सिफारिस पत्र हुनुपर्ने छ । यो निःशुल्क परीक्षण सेवा आज९मङ्गलबार० देखि साउन २९ गतेसम्म मात्र सञ्चालन हुने छ । परीक्षणमा जानू अघि स्वास्थ केन्द्रबाट समय लिनुपर्नेछ ।
नेपालमै पहिलोपटक स्थापना गरिएको ‘नेपाल जेरियाट्रक्स सेन्टर’का निर्देशक डा। जगदीशकुमार क्षेत्रीले ज्येष्ठ नागरिकलाई सम्पुर्ण उपचार दिने उदेश्यले काम गरिरहेका छन ।
चीनमा एमबीबीएसदेखि पीएचडीसम्मको अध्ययन, फ्रान्स र अमेरिकाका विभिन्न अस्पतालमा फेलोसिप, काम र अध्यापन समेत गरेका डा। क्षेत्रीको शैक्षिक पृष्ठभूमि र कार्य अनुभव प्रेरणादायी मानिन्छ ।
उनी पेरियाट्रिक्स अर्थात् ज्येष्ठ नागरिक स्वास्थ्य विषयमा विद्यावारिधि गर्ने हालसम्मका एक मात्र नेपाली हुन् ।
अध्ययन र कामको सिलसिलामा २५ वर्ष देश बाहिरै बिताएका डा।क्षेत्रीले त्यहाँ पढेको र सिकेको ज्ञानलाई नेपालमा भित्र्याउँदै स्वास्थ्य सेवा दिइरहेका छन् । उनको लक्ष्य नेपालमा विश्वस्तरीय जेरियाट्रिक इन्स्टिच्युट स्थापना गर्नु हो, जसले उपचार, अनुसन्धान र पुनर्वासका लागि एकीकृत सुविधा प्रदान गर्नेछ । न्यूज बैंक
























