Breaking News
नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार ३ अर्ब ३८ करोडमा झर्यो
०

काठमाडौं,साउन १४-
शेयरबजार परिसूचक नेप्सेमा बिहीबार थप १६ अंकको गिरावट आएको छ । अघिल्लो दिन ७.७९ अंकले घट्दै २ हजार ६८८.८८ अंकमा झरेको नेप्से सूचक आज थप १६.२९ अंकले घट्दै २ हजार ६७२.५८ बिन्दुमा झरेको हो ।
सूचकसँगै आज कारोबारसमेत घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज ३ अर्ब ३८ करोड १३ लाख १८ हजार रुपैयाँबराबरको ७५ लाख ४८ हजार कित्ता शेयर दोस्रो बजारमा किनबेच भएको छ । अघिल्लो दिन ७ अंकमाथिले घटेको बजारमा ४ अर्ब २ करोड ९३ लाख ९० हजार रुपैयाँबराबरको ९७ लाख ७७ हजार कित्ता शेयर किनबेच भएको थियो ।
आज १३ वटै उपसूचक ऋणात्मक भएका छन् । २०६ कम्पनीको शेयरमूल्य घट्दा आज जम्मा ५९ वटा कम्पनीको मात्र शेयरमूल्य बढेको छ । आज पनि एभरेस्ट कलरको शेयरमूल्य १५ प्रतिशतले बढेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























