अर्थ

सुन प्रतितोला एक हजार रुपैयाँले बढ्यो

Banner

काठमाडौँ, साउन ५ –

नेपाली सुनचाँदी बजारमा आज मंगलबार सुन र चाँदी दुवैको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक हजार रुपैयाँले बढेको छ।

यससँगै आज छापावाल सुन प्रतितोला २ लाख ८५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो सोमबार सुन प्रतितोला २ लाख ८४ हजार ६ सय रुपैयाँमा किनबेच भएको थियो।

त्यस्तै, मंगलबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ५० रुपैयाँले बढेर ४ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>