Breaking News

आर्थिक वर्षको पहिलो दिन घट्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोवार ?

Banner

काठमाडौँ, साउन १-

आर्थिक वर्षको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज साउन १ गते सुनचाँदीकै मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज साउन १ गते सुनको भाउ तोलामा ३ हजार १ सय रुपैयाँ घटेको हो ।

योसँगै आज सुन २ लाख ८२ हजार १ सयमा झरेको महासंघले जनाएको छ। यसअघि बुधबार र बिहीबार सुनको भाउ बढेको थियो। सुनको भाउ हिजो तोलामा ४ सय रुपैयाँ बढेर २ लाख ८५ हजार २ सय पुगेको थियो। सोमबार र मंगलबार चार हजार घटेको सुनको भाउ बुधबार तोलामा ८ सय रुपैयाँ बढेको थियो।

त्यसैगरी चाँदीको भाउ पनि आज घटेको छ। तोलामा १ सय २५ रुपैयाँ घटेर चाँदीको भाउ आज ४ हजार २ सयमा झरेको हो। बिहीबार तोलामा ९० रुपैयाँ घटेर चाँदीको भाउ ४ हजार ३ सय २५ रुपैयाँमा झरेको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>