खेलकुद

प्रदेशस्तरीय हक्की प्रतियोगिता सम्पन्न

Banner

दमौली (तनहुँ), असार ७-

तनहुँ हक्की सङ्घको आयोजनामा शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा आयोजित प्रदेशस्तरीय महिला तथा पुरुष हक्की प्रतियोगिता सम्पन्न भएको छ ।

शनिबार सम्पन्न प्रतियोगितामा पुरुषतर्फ स्याङ्जा प्रथम भएको छ भने महिलातर्फको उपाधि तनहुँले उचालेको छ । प्रतियोगितामा प्रथम र द्वितीय स्थान हासिल गरेका टोलीले क्रमशः रु सात र रु पाँच हजार प्राप्त गरेका छन् ।

प्रतियोगितामा तनहुँ, कास्की, स्याङ्जा र पर्वत जिल्लाको सहभागी थिए । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>