राजनीति
रास्वपाको बागमती प्रदेश अधिवेशन सुरु
०

बागमती, जेठ २६-
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश अधिवेशन मकवानपुरको हेटौँडामा सुरु भएको छ । रास्वपा बागमती प्रदेश समितिका सभापति डा अच्युतम लामिछानेको अध्यक्षतामा सुरु भएको अधिवेशनको पार्टीका महासचिव कविन्द्र बुर्लाकोटीले उद्घाटन गर्नुभयो ।
उद्घाटन कार्यक्रममा रास्वपा संसदीय दलका उपनेता गणेश पराजुली, प्रतिनिधिसभाका सदस्यहरू जगदीश खरेल, खगेन्द्र सुनार, डा तोसिमा कार्कीलगायत पार्टीका केन्द्रीय नेताहरूको सहभागिता रहेको छ ।
अधिवेशनले प्रदेश समितिको नयाँ नेतृत्व चयन गर्नेछ । अधिवेशनमा बागमती प्रदेशका १३ वटै जिल्लाबाट एक हजार ४०० प्रतिनिधिको सहभागिता रहेको जनाइएको छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























