चितवन विशेष

मुस्ताङको स्वाद चितवनमै, क्षेत्रपुरमा खुल्यो ‘लिम्बा थकाली’

Banner

चितवन, जेठ २६–

थकाली परिकारका पारखीका लागि चितवनको भरतपुर महानगरपालिका–२ क्षेत्रपुरमा ‘लिम्बा थकाली’ संचालनमा आएको छ ।

पछिल्लो समय थकाली खाना खानका लागि शहर भरि भौतारिदाँ पनि उपभोक्ताले भने जस्तो स्वाद पाउन नसकेको अवस्थामा ‘लिम्बा थकाली’ संचालनमा ल्याइएको संचालक कृष्ण पौडेलले जानकारी दिए । लिम्बाको अर्थ मीठो हो । त्यहीँ मीठो थकालीको रुपमा रेस्टुरेन्ट संचालनमा ल्याइएको पौडेलले बताए । रेस्टुरेन्ट शुभारम्भको अवसरमा जेठ २७,२८,२९ गते तीन दिन विशेष अफर ल्याइएको छ । यो अवधीमा आउने ग्राहकहरुले अर्को पटक आउनका लागि २० प्रतिशत छुटको कुपन प्राप्त गर्ने छन् ।

ग्राहकहरुलाइ शुद्ध थकालीको स्वाद पस्किनका लागि मुस्ताङबाट नै सेफ ल्याइएको छ । यसको नेतृत्व मुस्ताङकि असिता थकालीले गरेकी छन् । उनीसङ्गै आशिका थकाली रेस्टुरेन्टमा परिकार मिठो बनाउन खटिएका छन् । असिताले भनिन्–‘थकालीको मुख्य स्वाद स्थानीय टिमुर, अर्गानिक मसला नै हो, मुस्ताङमै पाइने खाना जस्तै पस्किने तयारीमा छौं ।’
थकाली खाना भन्ने वित्तिकै यसको स्वाद र परिकारका प्रकारहरु प्रति उपभोक्ताको चासो रहने गर्छ । थकाली खानामा प्रयोगमा आउने परिकारका कच्चा पदार्थ (मुस्ताङको कालो सिमी, जिम्बू, टिमुर, जेठो वुढो चामल) प्रायः मुस्ताङबाट ल्याइएको छ । त्यससंगै खाना पकाउनका लागि समेत थकाली समुदायका अनुभवी व्यक्तिहरुलाई ल्याइएको छ ।

४ जना युवाहरुको करिव एक करोड रुपैयाँको संयुक्त लगानीमा संचालनमा आएको ‘लिम्बा थकाली’मा एक पटकमा १५० जनाले सेवा लिन सक्ने छन् । एक सय जना अट्न सक्ने हल र विभिन्न क्याबिनहरु निर्माण गरिएको छ । यसअघि चितवनमा जापनीज ढुंगामा पोलेको मासुको परिकार पस्केर उपभोक्ताबाट चर्चाको पाएको यापरी स्टिकले नै यो थकाली संचालनमा ल्याएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>