नवलपुर

रास्वपा नवलपुरको सभापतिमा भण्डारी

Banner

त्रिवेणी (नवलपरासी), जेठ २६

राष्ट्रिय स्वतन्त्र पार्टी नवलपुरको सभापतिमा दोमनबहादुर भण्डारी निर्वाचित हुनभएको छ । गएराति सम्पन्न निर्वाचनमा एक सय ४२ मतसहित उहाँ सभापतिमा निर्वाचित हुनुभएको निर्वाचन संयोजक मीना शर्मा आचार्यले जानकारी दिनुभयो ।

प्रतिस्पर्धी गोकुल सापकोटाले एक सय ३९ र कृष्णप्रसाद शर्माले एक सय ३६ मत प्राप्त गर्नुभयो ।

उपसभापतिमा जगबहादुर राना, सचिवमा सुदीप न्यौपाने र सहसचिवमा सन्तबहादुर ठाडा निर्वाचित हुनुभएको छ । अधिवेशनले २१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।

आइतबारदेखि सुरु भएको प्रथम अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि सोमबार साँझ मतदान गरिएको थियो । कुल सात सय ५६ मतदाता रहेकामा चार सय ३३ जनाले मतदान गरेका थिए । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>