राजनीति

रास्वपा बागमती प्रदेशको अधिवेशन हेटौँडामा

Banner

बागमती, जेठ २५ –

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशको मकवानपुरको हेटौँडामा मङ्गलबार हुने प्रथम अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ ।

भोलि बिहान ९ बजेदेखि सुरु हुने अधिबेशनको पार्टी अध्यक्ष रवि लामिछानेले हेटौँडास्थित हिमालय दरबारमा उद्घाटन गर्नुहुनेछ ।

उद्घाटन कार्यक्रमका लागि मञ्च तयार पार्ने तथा जिल्ला जिल्लाबाट आउने प्रतिनिधिहरुको व्यवस्थापको काम भइरहेको रास्वपा बागमती प्रदेशका सभापति डा अच्युतम लामिछानेले बताउनुभयो । उहाँका अनुसार अधिवेशनमा बागमती प्रदेशका १३ वटै जिल्लाबाट एक हजार ४०० प्रतिनिधि सहभागी हुनेछन् ।

अधिवेशनबाट प्रदेश समितिले नयाँ नेतृत्व चयन हुनेछ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>