राजनीति
रास्वपा सभापति लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दै

काठमाडौं, जेठ २५-
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका छन् ।
बैठक सिंहदरबारस्थित सार्वजनिक लेखासमितिको हलमा बैठकमा बस्नेछ । रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले बैठक आज बिहान ९ बजेका लागि बैठक बस्ने जानकारी दिए ।
बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई आमन्त्रण गरिएको छ । प्रत्येक दलबाट पार्टी अध्यक्ष वा सभापतिसहित दुई जना प्रतिनिधि सहभागी हुनसक्ने व्यवस्था गरिएको रास्वपाले जनाएको छ ।
बैठकमा पछिल्लो राजनीतिक अवस्था, संसद अवरोधका कारण तथा सहमतिका सम्भावित आधारबारे छलफल हुने बताइएको छ ।
सर्वदलीय बैठकको सूचनासहितको आमन्त्रणसहितको अनुरोध प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई पठाइसकिएको महामन्त्री बुर्लाकोटीले जानकारी दिए ।
























