राजनीति

रास्वपा सुर्खेतको सभापतिमा पुनः सापकोटा

Banner

कर्णाली, जेठ २५ –

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुर्खेत जिल्लाको सभापतिमा रमेशकुमार सापकोटा पुनः निर्वाचित हुनुभएको छ ।

पार्टीको आइतबार सुर्खेत वीरेन्द्रनगरमा आयोजित जिल्ला भेलाले सापकोटालाई पुनः जिल्ला सभापतिको जिम्मेवारी दिएको हो । पार्टी सङ्गठन विस्तार, जनसम्पर्क तथा स्थानीय तहसम्म सङ्गठन सुदृढीकरणमा सक्रिय भूमिका निर्वाह गरेका कारण उहाँलाई दोस्रो कार्यकालका लागि जिल्लाको नेतृत्व गर्ने जिम्मेवारी दिइएको बताइएको छ ।

रास्वापको स्थापनादेखि सुर्खेतको नेतृत्व गर्दै आउनुभएका सापकोटा गएको फागुन २१ गतेको प्रतिनिधिसभा सदस्यको निर्वाचिनमा सुर्खेत क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । उहाँ कर्णाली प्रदेशमा रास्वपाबाट निर्वाचित हुने एकमात्र प्रतिनिधिसभा सदस्य हुनुहुन्छ ।

सभापति सापकोटाका अनुसार आफू सर्वसम्मत भए पनि रास्वपा सुर्खेतका बाँकी पदाधिकारी तथा जिल्ला कार्यसमिति सदस्य चयनको टुङ्गो अब बस्ने निर्वाचन समितिको बैठकले लगाउने छ । जिल्ला कार्यसमिति १३ सदस्यीय हुने उहाँले जानकारी दिनुभयो ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>