राजनीति

रास्वपा कास्की सभापतिमा अधिकारी

Banner

गण्डकी, जेठ २४-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्कीको सभापतिमा यदुनाथ अधिकारी निर्वाचित हुनुभएको छ ।

शनिबार पोखरामा सम्पन्न पार्टीको जिल्ला अधिवेशनमा अध्यक्षका अर्का प्रत्यासी एकराज न्यौपानेलाई एक मतले पराजित गर्दै अधिकारी सभापतिमा निर्वाचित हुनुभएको हो ।

उहाँ एक सय १५ प्राप्त गरी सभापतिमा चुनिँदा न्यौपानले एक सय १४ मत प्राप्त गर्नुभयो । कुल दुई सय ९० मतदातामध्ये दुई सय ३३ मत खसेको निर्वाचन समितिले जनाएको छ ।

अधिवेशनबाट जिल्ला उपसभापतिमा चिनबहादुर गुरुङ, सचिवमा विश्वराज पौडेल, सहसचिवमा सुजन बस्ताकोटी निर्वाचित हुनुभएको छ । कोषाध्यक्ष कार्यसमितिबाट पछि मनोनयन गरिने जनाइएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>