राजनीति
रास्वपा झापा सभापतिमा भण्डारी निर्वाचित
सुरुङ्गा (झापा), जेठ २४ –
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) झापाको प्रथम जिल्ला अधिवेशनबाट ओमनाथ भण्डारी सभापतिमा निर्वाचित हुनुभएको छ ।गए राति सार्वजनिक मतपरिणामअनुसार भण्डारीले ३४१ मतका साथ आफ्ना दुई जना प्रतिस्पर्धीलाई पराजित गर्नुभएको हो ।
उहाँका निकटतम प्रतिस्पर्धी लक्ष्मण बस्नेतले २४७ र अर्जुनकुमार मैनाली २५ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ ।
उपसभापतिमा पुष्पलाल ढकाल निर्वाचित भएका हुनुभएको छ । उहाँले २१० मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी शान्ता तामाङले १९८ मत, लीला खड्काले १११ मत र देव सङ्ग्रौलाले ९३ मत प्राप्त गर्नुभयो ।
सचिव पदमा विरोध सुवेदी निर्वाचित भएका हुनुभयो । सुवेदीले ३६८ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी रविन खड्काले २३५ मत गर्नुभयो । सहसचिव पदमा भीमबहादुर कुँवर ३५२ मतसहित विजयी बन्नुभयो । उहाँका प्रतिस्पर्धी राजेन्द्र खनालले १९३ मत र लक्ष्मीप्रसाद रेग्मीले ७४ मत प्राप्त गर्नुभयो ।
जातीय ‘क्लस्टर’तर्फको सदस्य पद राजनारायण राजवंशी २१२ मतसहित निर्वाचित हुनुभएको छ । उक्त पदका प्रतिस्पर्धी सन्तोष मेचे र सराब शेख मियाँले समान १८६–१८६ मत प्राप्त गर्नुयो ।
खुला तथा महिला सदस्यतर्फ डिल्ली न्यौपाने २२९ मत, शान्तिमाया न्यौपाने २१४ मत र मुना सापकोटा ११९ मतसहित निर्वाचित हुनुभएको छ
। अधिवेशनले क्षेत्रीय नेतृत्व पनि चयन गरेको छ । क्षेत्र नम्बर १ को सभापतिमा कमल गौतम, क्षेत्र नम्बर २ मा गोपाल कट्वाल, क्षेत्र नम्बर ३ मा कमल बानियाँ, क्षेत्र नम्बर ४ मा लीलामाया बस्नेत तथा क्षेत्र नम्बर ५ मा चुडामणि पाठक निर्वाचित हुनुभयो । रासस
























