राजनीति
रास्वपा काठमाडौँमा राजा शाक्य निर्वाचित
०

काठमाडौँ, जेठ २४-
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को काठमाडौँ जिल्ला सभापतिमा राजा शाक्य निर्वाचित हुनुभएको छ ।
निर्वाचन समितिका अनुसार शाक्यले २५१ मत प्राप्त गर्नुभयो भने उहाँको प्रतिस्पर्धी सुरेश सापकोटाले १८२ मत पाउनुभएको छ । उपसभापतिमा रवीन्द्र गौतम, सचिवमा सन्तमान महर्जन, सहसचिवमा सौरभ बस्नेत, सदस्यमा शम्शेरबहादुर श्रेष्ठ, केदारप्रसाद रैला र बलराम कार्की निर्वाचित हुनुभएको छ ।रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>






















