राजनीति

बालेनले भने– मलाई पनि राजदूत बन्न मन छ, सरकारका प्रवक्ता भन्छन्– म्यासेज गर्दिम् ?

Banner

काठमाडौं,जेठ २४-

प्रधानमन्त्री वालेन्द्र शाह बालेनले आफूलाई पनि राजदूत बन्न मन लागेको बताउँदै प्रधानमन्त्रीको नम्बर भए उपलब्ध गराइदिन भन्दै कटाक्ष गरेका छन् ।गए राति सामाजिक सञ्जालमार्फत उनले लेखेका छन्, “मलाई पनि राजदूत बन्न मन छ। प्रधानमन्त्रीको नम्बर छ भने यसो दिनुस् न।

प्रधानमन्त्रीको स्टाटसमा टिप्पणी गर्दै सरकारका प्रवक्तासमेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले भनेका छन्, म्यासेज गर्दिम् ?

सामाजिक सञ्जालमा प्रधानमन्त्री र मन्त्रीले गरेको यो मजाकमा विभिन्न खाले टिप्पणीहरू आइरहेका छन् । कतिपयले यो प्रधानमन्त्रीको फेक आईडी त होइन भन्दै प्रश्न गरेका छन् ।

हालै एक सचिवले आफूलाई राजदूत बन्न इच्छा रहेको भन्दै प्रधानमन्त्रीलाई सन्देश पठाएको विषय सार्वजनिक भएपछि उनी दिनभर प्रहरीको केरकारमा परेका थिए। प्रधानमन्त्रीको पछिल्लो टिप्पणी सोही घटनाप्रति लक्षित व्यंग्य र कटाक्षका रूपमा आएको बुझ्न सकिन्छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>