राजनीति
एक मतान्तरले रास्वपा कास्की सभापतिमा निर्वाचित भए अधिकारी
०

पोखरा,जेठ २३-
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की सभापतिमा यदुनाथ अधिकारी निर्वाचित भएका छन् । उनले ११५ मत प्राप्त गरेका निर्वाचन समितिले जनाएको छ ।
उनका प्रतिस्पर्धी एकराज न्यौपानेले ११४ मत ल्याए । अधिकारी एक मतान्तरले सभापति चुनिएका हुन् । पार्टीको जिल्ला सभापति चयन गर्न शनिबार (जेठ २३) मतदान भएको थियो । खसेको २३३ मध्ये चारजनाले भने कसैलाई पनि मत नदिएका रास्वपा कास्कीले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























