खेलकुद
विश्व वातावरण दिवसको अवसरमा चौथो सांग्रिला साइकल र्याली

काठमाडौँ, जेठ २३-
सांग्रिला डेभलपमेन्ट बैंकले आयोजना गरेको चौथो सांग्रिला साइकल र्यालीमा सयौँ जना सहभागी भएका छन् । विश्व वातावरण दिवसको अवसर पारेर जेठ २३ गते शनिबार आयोजना गरिएको साइकल र्यालीमा करिब १५ सय जना सहभागी भएका थिए ।
काठमाडौँको गैरीधारास्थित एलिस रिसेप्सनबाट शुरु भएको र्याली नारायणचौर, दरबारमार्ग, सुन्धारा, त्रिपुरेश्वर, माइतीघर मण्डल, नयाँ बानेश्वर, पुरानो बानेश्वर, गौशाला, रातोपुल, जैनभवन, नक्साल भगवती, भाटभटेनी, सांग्रिला डेभलमपेन्ट बैंकको केन्द्रीय कार्यालय बालुवाटार, हुँदै पुन एलिस रिसेप्सन पुगेर समापन भएको थियो । वातावरणको संरक्षणका साथै साइकल संस्कृति निर्माणमा सहयोग पुर्याउने उद्धेश्यले सांग्रिला डेभलपमेन्ट बैंकले २०७९ सालदेखि साइकल र्याली आयोजना गर्दै आएको छ ।
कार्यक्रममा सहभागीहरूलाई बैंकका सञ्चालक समिति सदस्य लिसा शेरचनले स्वागत गर्नुभएको थियो । लक्कि ड्र मार्फत विजेता बन्नुभएकी अञ्जु पराजुलीलाई सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यँकारी अधिकृत सुयोग श्रेष्ठले साइकल प्रदान गर्नुभएको थियो । र्यालीमा विभिन्न क्षेत्रका ब्यक्तित्वहरूको सहभागीता रहेको थियो ।
























