देश/प्रदेश

श्रमिकका लागि दोहामा सचेतना कार्यक्रम

Banner

काठमाडौँ, जेठ २३ –

दोहास्थित नेपाली राजदूतावासले शुक्रबार नेपाली श्रमिकका लागि सचेतना कार्यक्रमको आयोजना गरेको छ ।

नेपाली समुदायका लागि कतारको राष्ट्रिय मानवअधिकार समितिका कानुनी सल्लाहकार हमिद खानले आफ्नो प्रस्तुतिमार्फत कतारमा रहँदा पालना गर्नुपर्ने नियम, कानुनका बारेमा जानकारी दिँदै कतार बसाइका क्रममा आइपर्नसक्ने सम्भावित जोखिमहरुका बारे सहभागीहरुलाई सचेत गराउनुभएको थियो ।

राजदूतावासका श्रम सहचारी सीता दुवाडीले नेपालको श्रम कानुन, श्रम स्वीकृति प्रक्रिया तथा सामाजिक सुरक्षामा जोडिँदा लिन सकिने लाभका बारेमा जानकारी दिनुभएको थियो ।

उक्त राजदूतावासका अनुसार द्वितीय सचिव स्मारिका सुवेदीले राजदूतावासबाट प्रदान गरिने राहदानी तथा कन्सुलरसम्बन्धी सेवाबारे जानकारी दिनुभएको थियो ।

कतारस्थित हिमाल रेमिटका प्रतिनिधि वेनुप्रसाद तिम्सिनाले बैंकिङ तथा विप्रेषण सचेतनाअन्तर्गत औपचारिक माध्यमबाट विप्रेषण पठाउँदाका फाइदा तथा अनौपचारिक माध्यम प्रयोग गर्दाका जोखिमबारे सचेत गराउनुुभएको थियो ।

कार्यक्रमको समापन गर्दै कार्यवाहक राजदूत कुमार राईले नेपाली कामदारहरुलाई कतारको श्रम कानुनको पूर्णपालना गर्न अनुरोध गर्नुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>