राजनीति
सभामुख अर्याल र अध्यक्ष दाहाल कञ्चनपुरमा
०

महेन्द्रनगर, जेठ २२ –
प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल र राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल आज यहाँ आइपुग्नु भएको छ ।
कैलालीको टीकापुरमा हुने अन्तर व्यवस्थापिका सम्मेलनमा सहभागी हुने सिलसिलामा उहाँहरु यहाँ आइपुग्नुभएको हो । सभामुख अर्याल र अध्यक्ष दाहालसहितको टोलीले कञ्चनपुरका धार्मिक पर्यटकीय गन्तव्य, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, दोधारा चादँनी सुक्खा बन्दरगाह र ब्रह्मदेव लगायतका क्षेत्रको अवलोकन भ्रमण गर्ने कार्यक्रम छ ।
उहाँहरुले भीमदत्त नगरपालिका–८ तिलौचौरस्थित भम्केनी धामको स्थलगत अवलोकन भ्रमण गरेको सभामुख अर्यालका निजी सचिव मधु मिजारले जानकारी दिनुभयो ।
टोलीमा उपसभामुख रुवी कुमारी र राष्ट्रियसभा उपाध्यक्ष लिलाकुमारी भण्डारीलगायत सहभागी हुनुहुन्छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























