राजनीति
लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य

लुम्बिनी, जेठ २२ –
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रमले युवावर्गलाई प्राथमिकतामा राखेको बताउनुभएको छ ।
उहाँले आज लुम्बिनी प्रदेशस्तरीय युवा सम्मेलन २०८३ को प्रदेश राजधानी राप्ती उपत्यका ९देउखुरी०मा उद्घाटन गर्दा बताउनुभएको हो ।
उहाँले नीति तथा कार्यक्रमका आधारमा आगामी बजेट तथा कार्यक्रम तर्जुमा गरिने उल्लेख गर्दै युवामैत्री योजना तथा कार्यक्रमलाई थप प्रभावकारी बनाइने बताउने जानकारी दिनुभयो ।
मुख्यमन्त्री आचार्यले अधिकारको माग मात्र पर्याप्त नहुने भन्दै कर्तव्यप्रति सचेत हुन युवालाई आग्रह गर्नुभयो ।
नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण पङ्गेनी, युनिसेफका प्रतिनिधि रिद्धि शर्मालगायतले युवाको सहभागिता, नेतृत्व विकास तथा सामाजिक उत्तरदायित्वका विषयमा धारणा व्यक्त गर्नुभएको थियो । रासस
























