राजनीति

दुई संसदीय समितिको बैठक बस्दै

Banner

काठमाडौं, जेठ २१

आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ ।

आज सार्वजनिक लेखा समिति र शिक्षा र स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्ने भएको हो ।

बिहान ८ बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा लेखा उत्तरदायी अधिकृतहरूसँग बेरुजु न्यूनीकरण सम्बन्धी विषयमा र समितिको आन्तरिक कार्यविधि सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ ।

यसैगरी, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बिहान ११ बजे बस्ने भएको छ । बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक, २०८१ माथि छलफल हुने कार्यसूची छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>