देश/प्रदेश
नृसिंहधामबाट फर्किएका यात्रु सवार भ्यान दुर्घटना
०

मलेखु (धादिङ), जेठ २०-
यहाँस्थित त्रिपुरासुन्दरी गाउँपालिकास्थित नृसिंहधाम दर्शन गरी फर्केका यात्रु सवार मारुती भ्यान टारिबेँसी नजिकै दुर्घटना भएको छ ।
बागमती प्रदेश बिएएफ ०२२३ नम्बरको मारुती इको भ्यान नीलकण्ठ नगरपालिका–१० माथिल्लो टारीमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
प्रहरीका अनुसार, दुर्घटनामा चालकसहित सात जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि सदरमुकाम धादिङबेँसी र सल्यानटातर्फ पठाइएको छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























