राजनीति

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

Banner

काठमाडौं,जेठ २०-

राष्ट्रियसभा बैठक आज (बुधबार) बस्ने भएको छ । बैठक सिंहदरबारमा मध्यान्न १२स्१५ बजे बस्ने भएको हो ।

बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको बेहोरा जानकारी गराउने कार्यसूची रहेको छ ।
यसैगरी बैठकमा अर्थ मन्त्री डा। स्वर्णिम वाग्लेले ‘आर्थिक वर्ष २०८३\०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । आर्थिक वर्ष २०८३\०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुनेछ ।

अर्थ मन्त्री वाग्लेले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>