राजनीति

प्रधानमन्त्रीको विवादित अभिव्यक्तिपछि परराष्ट्रले भन्योः सीमा व्यवस्थापन र प्राविधिक अध्ययन जारी

Banner

काठमाडौं, जेठ १६-

नेपाल–भारत सीमा क्षेत्रमा देखिएका विविध प्राविधिक तथा प्रशासनिक चुनौती समाधान गर्न दुवै देशका प्राविधिक संयन्त्रहरू सक्रिय रूपमा कार्यरत रहेका छन्।

परराष्ट्र मन्त्रालयका अनुसार सीमास्तम्भहरूको मर्मत, दशगजा क्षेत्रको अतिक्रमणको पहिचान तथा सीमा वारपार जग्गा उपयोग (क्रस बोर्डर अकुपेसन) सम्बन्धी तथ्य संकलन गर्ने काम संयुक्त रूपमा अघि बढाइएको छ। लामो समयदेखि अवरुद्ध रहेका प्राविधिक कार्यहरू हाल पुनः तीव्र गतिमा अघि बढिरहेको मन्त्रालयले जनाएको छ।

नेपाल–भारतबीचको सीमा व्यवस्थापन ऐतिहासिक सन्धि–सम्झौता र नक्साका आधारमा गरिँदै आएको उल्लेख गर्दै मन्त्रालयले सुगौली सन्धि अनुसार सीमारेखा निर्धारित भए पनि केही स्थानमा नक्साङ्कन तथा स्पष्ट सीमांकन बाँकी रहेको स्पष्ट पारेको छ।

सीमावर्ती क्षेत्रका केही स्थानमा एक देशको उपयोगमा रहेको जमिन अर्को देशको भूभागमा पर्ने अवस्था देखिएको प्रारम्भिक अध्ययनले संकेत गरेको छ। यस विषयमा दुवै देशका प्राविधिक टोलीहरूले संयुक्त रूपमा विस्तृत अध्ययन र अभिलेख संकलन गरिरहेका छन्।

परराष्ट्र मन्त्रालयले सीमा सम्बन्धी सबै विषयहरू कूटनीतिक माध्यम र आपसी समझदारीमार्फत समाधान गर्न नेपाल सरकार प्रतिबद्ध रहेको दोहोर्‍याएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>