राजनीति
प्रधानमन्त्रीको अभिव्यक्तिमा रक्षा बमको प्रश्न? दिल्लीको प्यारो को हुने प्रतिस्पर्धा त चलेको होइन?

काठमाडौं, जेठ १७-
जेनजी अभियन्ता रक्षा बमले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आजको प्रतिनिधिसभा बैठकमा दिएको सीमा सम्बन्धी अभिव्यक्तिप्रति प्रश्न गरेकी छिन् ।
बमले आज सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस पोस्ट गर्दै प्रश्न गरेकी हुन् । “ठिकै छ,सीमा को कुरा त बुझियो कि तर, सभापति र प्रधानमन्त्रीबीच दिल्लीको प्यारो को हुने भन्ने कम्पिटिसन त चलेको होइन नि? कि के हो ?,” बमले प्रश्न गर्दै लेखेकी छन् ।
संसद्मा जवाफ दिनुपर्ने प्रतिपक्षीको जवाफलाई छल्दै आएका थिए । तर, आज प्रधानमन्त्री बालेन आफैँले हात उठाएपछि संसद्मा प्रश्नोत्तर चलेको थियो । उनले संसद्को रोस्ट्रमबाट आज “भारतले मात्रै होइन, नेपालले पनि भारतको जग्गा मिचेको रहेछ,”भन्ने अभिव्यक्ति दिएका थिए ।
प्रधानमन्त्रीले दिएको अभिव्यक्तिबारे यतिबेला चौतर्फी आलोचना भइरहेको छ । प्रतिपक्षी दलहरूले पनि प्रधानमन्त्रीको पदीय मर्यादाप्रति प्रश्न उठाइरहेका छन् ।



























