राजनीति

कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकका छ निर्णय सार्वजनिक

Banner

कर्णाली, जेठ १३ –

कर्णाली प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् परिषद् बैठकले छ निर्णय सार्वजनिक गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सुर्खेतमा बसेको उक्त बैठकले कर्णाली प्रदेश विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन (चौथो संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ ।

त्यस्तै, कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकको पदमा प्रदेश सचिव लक्ष्मीकुमार विकलाई कामकाजमा खटाउने निर्णय गरिएको प्रदेश सरकारका प्रवक्त एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले जानकारी दिनुभयो ।

त्यस्तै, योगदानमा आधारित निवृत्तिभरण कोष स्थापना तथा सञ्चालनसम्बन्धी विधेयक, कर्णाली प्रदेश सरकारको सामयिक राजस्व उठाउनेसम्बन्धी विधेयक तर्जुमासम्बन्धी अवधारणापत्रको सैद्धान्तिक स्वीकृति गर्ने, कर्णाली प्रदेश विनियोजन ऐन, २०८२ कार्यान्वयनमा देखिएको बाधा अड्काउ फुकाउन आदेश जारी र कर्णाली प्रदेश जीवनाशक विषादी व्यवस्थापन नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय भएको प्रवक्ता शाहले बताउनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>