देश/प्रदेश

हेटौँडामा फरक फरक घटनामा दुई जनाको मृत्यु

Banner

बागमती, जेठ १२ –

हेटौँडा उपमहानगरपालिका–१ चौकी टोलमा श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु भएको छ ।

हेटौँडा उपमहानगरपालिका–१ चौकीटोल तरकारी मण्डीमा डेरा गरी बस्ने ४५ वर्षीय रामलाल ब्लोनले आज बिहान श्रीमतीलाई कुटपिट गर्दा ४२ वर्षीया ओमकुमारी भुजेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक माधव काफ्लेले जानकारी दिनुभयो ।

श्रीमान्को कुटपिटबाट गम्भीर भुजेलाई उपचारका लागि हेटौँडा अस्पताल पठाएकामा चिकित्सकले मृत्यु घोषणा गरेका थिए ।

यसैगरी, मकवानपुरको भीमफेदी गाउँपालिका–८ महादेवटारस्थित निर्माणाधीन तराई मधेस द्रुतमार्गको सुरुङमा काम गर्ने एक जना कामदारको मृत्यु भएको छ ।

काम गर्ने क्रममा सुरुङमा प्रयोग हुने रिपिट तथा ढुङ्गा (फलामबाट बनेको उपकरण) खस्दा चोट लागेर कामदार बर्दिया जिल्ला घर भएका ३० वर्षीय रामगोपाल चौधरीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक काफ्लेले बताउनुभयो ।

गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि हेटौँडास्थित चुरेहिल अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>