देश/प्रदेश
विदेशमा रहेका नेपाली नागरिकहरूको संरक्षण, सहयोग, खोजतलास तथा उद्धार कार्यलाई थप सहज बनाउन परराष्ट्र मन्त्रालयद्वारा ‘मोफा मित्र’ एप सार्वजनिक
०

काठमाडौँ, जेठ १२-
विदेशमा रहेका नेपाली नागरिकहरूको संरक्षण, सहयोग, खोजतलास तथा उद्धार कार्यलाई थप सहज, प्रभावकारी र प्रविधिमैत्री बनाउने उद्देश्यका साथ परराष्ट्र मन्त्रालयले नयाँ मोबाइल एप सार्वजनिक गरेको छ । कन्सुलर सेवा विभागद्वारा विकसित गरिएको “मोफा मित्र ९ःयँब् ःष्तचब०” नामक सो एप जेठ १२ गते मंगलबार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो ।
माननीय परराष्ट्र मन्त्री श्री शिशिर खनालज्यूको प्रमुख आतिथ्यतामा एपको औपचारिक शुभारम्भ गरिएको थियो ।
यस एपको सञ्चालनसँगै विदेशमा अप्ठ्यारोमा परेका वा उद्धारको पर्खाइमा रहेका नेपाली नागरिकहरूले सिधै विभाग वा विदेशस्थित नेपाली नियोगहरूमा आफ्नो गुनासो दर्ता गराउन सक्नेछन् । यो प्रविधिले कन्सुलर सेवा प्रवाहलाई थप चुस्त, पारदर्शी र पहुँचयोग्य बनाउने विश्वास लिइएको छ ।
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>































