गण्डकी
गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि
०

गण्डकी, जेठ ११-
गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरू हुँदैछ ।
अपराह्न २ः०० बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश सरकारको आगामी आव २०८३र०८४ को नीति तथा कार्यक्रमको सैद्धान्तिक छलफलका लागि प्रस्ताव पेस गर्नेलगायत कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव गोविन्द पौडेलले जानकारी दिनुभयो ।
प्रदेश प्रमुख डिल्लीराज भट्टले गण्डकी प्रदेश सरकार, मन्त्रिपरिषद्को सिफारिसमा यही जेठ ५ गते बजेट अधिवेशन आह्वान गर्नुभएको थियो । वर्षे अधिवेशनका रूपमा समेत लिइने बजेट अधिवेशनमा प्रदेश सरकारको आगामी आवको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत हुने जनाइएको छ ।रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























