राजनीति

बारा जिल्लाका सबै सांगठनिक कार्यक्रम स्थगित गर्ने रास्वपाको निर्णय

Banner

काठमाडौं,जेठ ३-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बारा जिल्लाका सबै सांगठनिक कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ । जिल्ला कमिटी नै विघटन भएपछि सांगठनिक कार्यक्रम स्थगित गरिएको हो ।

रास्वपाले यसअघि गएको वैशाख २७ गते बारा जिल्ला कमिटी विघटन गरेको थियो । बारा जिल्ला संगठन निर्माण समितिकी संयोजक कामिनी चौधरीका अनुसार, संगठनात्मक समस्या समाधान, समन्वयका लागि आउँदो शनिबार विस्तारित बैठक डाकिएको छ ।

चौधरीले विज्ञप्ति जारी गर्दै वडा, पालिका तथा निर्वाचन क्षेत्र स्तरीय सबै सांगठनिक कार्यक्रम स्थगित भएको उल्लेख गरेकी छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>