राजनीति

कांग्रेस विभाजनको दिशातर्फ उन्मुखः खड्का

Banner

सुर्खेत, जेठ ०२-

नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले नेतृत्व र कार्यकर्ताबीच बढ्दो दूरीका कारण पार्टी विभाजनको दिशातर्फ उन्मुख भएको बताएका छन् । शनिबार (जेठ २) कांग्रेस कर्णाली प्रदेश समितिले सुर्खेतमा आयोजना गरेको विचार गोष्ठीमा उनले यस्तो यस्तो बताएका हुन् ।

पार्टीको सानेपास्थित नेतृत्व र बाहिर रहेका कार्यकर्ताबीच ठूलो खाडल सिर्जना भएको उनले उल्लेख गरे । वर्तमान नेतृत्वमा अहंकार, स्वार्थ र पारिवारिक हित हाबी भएको उनले आरोप लगाए । खड्काले कार्यकर्तासँग संवाद गरी कमजोरी स्वीकार गर्दै सुधारको बाटो अपनाउनुपर्नेमा जोड दिए । अनुशासन र कारबाहीका नाममा कार्यकर्तालाई तर्साउने प्रवृत्ति बढेको भन्दै उनले भोट नदिएका आधारमा कारबाही गर्नु गलत भएको धारणा राखे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>