चितवन विशेष

आरम्भ कलेजको उत्कृष्ट नजिताः बीएचएम र बीआइटीएममा पुनः जिल्ला टपर

Banner

चितवन, वैशाख २७–

चितवनको भरतपुर महानगरपालिका–११ स्थित आरम्भ कलेजले पुनः उत्कृष्ट शैक्षिक नतिजा हासिल गरेको छ । यो नतिजासंगै आरम्भले जिल्लामै आफ्नो अलग पहिचान स्थापित गर्न सफल भएको छ ।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजका विद्यार्थीहरूले बीएचएम तथा बीआइटीएम चौथो सेमेस्टरको परीक्षामा उत्कृष्ट एसजीपीए ल्याउँदै जिल्ला टपर बन्न सफल भएका हुन् ।
बीएचएम चौथो सेमेस्टरतर्फ सन्ध्या गोलेले ३.८८ एसजीपीए सहित जिल्ला प्रथम स्थान हासिल गरेकी छन् । त्यसैगरी नेबिका मैनालीले ३.८३ एसजीपीए ल्याउँदै जिल्ला दोस्रो तथा ङवाङ बामजान तामाङले ३.८० एसजीपीए सहित जिल्ला तेस्रो स्थान हासिल गरेका छन् ।

यस्तै बीआइटीएम चौथो सेमेस्टरतर्फ ओजस्वी आचार्यले ३.८३ एसजीपीएसहित जिल्ला प्रथम बन्न सफल भएकी छन् भने अङ्गिता अधिकारीले ३.८१ एसजीपीए सहित दोस्रो र बिपल श्रेष्ठले ३.७४ एसजीपीए सहित जिल्ला तेस्रो स्थान प्राप्त गरेका छन् ।
कलेजले छोटो समयमै निरन्तर उत्कृष्ट नतिजा निकाल्दै चितवनमा गुणस्तरीय शिक्षाको केन्द्रका रूपमा आफूलाई स्थापित गरिरहेको छ ।

अनुभवी शिक्षक, व्यावहारिक शिक्षण प्रणाली, आधुनिक पूर्वाधार तथा विद्यार्थीमैत्री वातावरणका कारण विद्यार्थीहरूले उत्कृष्ट उपलब्धि हासिल गर्न सफल भएको कलेजका प्रिन्सिपल सुरज शिवाकोटीले जानकारी दिए ।

कलेजले होटल म्यानेजमेन्ट तथा सूचना प्रविधि व्यवस्थापन क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्दै आएको छ । विद्यार्थीहरूको पछिल्लो उपलब्धिले कलेजको शैक्षिक गुणस्तर थप पुष्टि गरेको सरोकारवालाहरूको भनाइ छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>