स्वास्थ्य
घुम्ती शिविरबाट तीन हजारभन्दा बढी लाभान्वित
०

फुङ्लिङ (ताप्लेजुङ), वैशाख २५-
मैवाखोला गाउँपालिकाले सञ्चालन गरेको चारदिने एकीकृत घुम्ती शिविरबाट तीन हजार ३७५ जना सेवाग्राही लाभान्वित भएका छन् ।
शिविर गाउँपालिकाका छवटै वडामा सञ्चालन भएको थियो । बिहीबार वडा नं ५ मा सम्पन्न घुम्ती सेवामार्फत ८३० जना सेवाग्राहीले सेवा लिएका थिए । त्यसअघि वडा नं १ मा ८८३ जना, वडा नं २ ढुङ्गेसाँघुमा ८३८ जना तथा वडा नं ६ फाकुम्बामा ८२४ जनाले सेवा लिएका गाउँपालिकाका प्रशासन अधिकृत स्मीका याक्खाले जानकारी दिनुभयो ।
शिविरमा प्रशासन, स्वास्थ्य, पञ्जीकरण, कृषि विकास, पशुसेवा, योजना तथा पूर्वाधार, नक्सापास, उद्यम विकास तथा सूचना–सञ्चारलगायत १३ वटा शाखामार्फत सेवा प्रवाह गरिएको थियो । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























