चितवन विशेष

नैनादेवी बस्यालको ९३औं जन्मदिनमा १०६ पिन्ट रगत संकलन

Banner

चितवन, वैशाख ४–

९३ वर्षीया नैनादेवी बस्यालको जन्मदिनको अवसरमा माडीको बसन्तपुरमा खुल्ला रक्तदान कार्यक्रम गरिएको छ । पुण्य काम गर्ने बस्यालको इच्छा बमोजिम बसन्तपुर बजारमा रक्तदान कार्यक्रम गरिएको हो । उक्त कार्यक्रममा २४ जना महिलासहित १०६ जनाले रक्तदान गरेको ९३ वर्षीया बस्यालका सुपुत्र रक्त अभियन्ता भागीरथ बस्यालले जानकारी दिए । उनका अनुसार रक्तदान गर्ने मध्ये १७ जना नयाँ रक्तदाता हुन् ।

कार्यक्रमको समुद्घाटन विशिष्ट अतिथि माडी नगरपालिकाका पूर्व मेयर एवं बागमती प्रदेशका सांसद ठाकुर प्रसाद ढकालले गरेका थिए । उनले रक्त अभियान्ता एवं ब्लड डोनर्स सोसाइटी नेपालका वरिष्ठ उपाध्यक्ष हरिप्रसाद न्यौपानेलाई ब्लड ब्याग हस्तान्तरण गरी रक्तदानको उद्घाटन गरिएको थियो ।

कार्यक्रममा बोल्दै सांसद ढकालले ९३ वर्षको जन्मदिनमा रक्तदान कार्यक्रम गर्नु आफैमा महत्वपूर्ण र पुण्य काम भएको बताए । उनले यस कार्यक्रमले रक्तदान गर्नेमा प्रेरणा दिने बताए ।

रक्त अभियान्ता विपिन पाठकले संचालन गरेको कार्यक्रममा ब्लड डोनर्स सोसाइटी नेपालका वरिष्ठ उपाध्यक्ष हरिप्रसाद न्यौपाने, सामाजिक अभियन्ता देविका कुवँरले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम बस्यालकी साइलो सुपुत्र भागीरथ बस्यालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>