धार्मिक/सांस्कृतिक

बिस्का जात्राको आज चौथो दिन

Banner

काठमाडौं, चैत ३०-

भक्तपुरमा लाग्ने बिस्का जात्राको आज चौथो दिन विविध कार्यक्रम गरी मनाईँदैछ ।

भक्तपुरको प्रसिद्ध सांस्कृतिक एवम् ऐतिहासिक महत्व बोकेको बिस्का जात्राको चौथो दिन आज महालक्ष्मी स्थानमा लिङ्गो ठड्याईंदैछ ।
हजारौं जात्रालुको सहभागितामा लिङ्गो उभ्याउने गरिन्छ । नववर्षको आगमनसँगै जात्राले स्थानीय थप उत्साह जगाएको छ ।

नाग र नागिनीको प्रतिकको रूपमा लिइने लिङ्गो उठाउन हजारौँ स्थानीयवासी सहभागी हुने गर्दछन् । लिङ्गो उठाएपछि स्थानीयबासीले लिङ्गोको माथि डोरीको माध्यमबाट चढेर टुप्पामा गएर फूलपाती ल्याउने गर्दछन् । यसरी फूलपाती ल्याउँदा मनले चिताएको पुग्ने जनविश्वास रहेको छ । न्यूज बैंक

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>