अन्तर्राष्ट्रिय

वार्ता असफल भएपछि ट्रम्पले इरानलाई दिए नयाँ धम्की

Banner

काठमाडौं,चैत ३०-

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको नियन्त्रणमा रहेको स्ट्रेट अफ होर्मुज अमेरिकाले नै सदाका लागि बन्द गर्ने धम्की दिएका छन् । इरानले निसर्त अवरोध नहटाए होर्मुज सदाका लागि बन्द गर्ने धम्की उनले दिएका हुन् । इस्लामाबाद भएको २१ घण्टाको वार्ताले कुनै परिणाम दिन नसकेपछि ट्रम्पले यस्तो धम्की दिएका हुन् । विश्वकै संभ्रान्त अमेरिकी नौसेनाले होर्मुज सदाका लागि बन्द गर्ने प्रक्रिया अघि बढाउने छ । त्यहाँबाट कुनै पनि जहाजलाई पार गर्न दिइएन छैन, उनले ट्रुथमा लेखेका छन् ।

होर्मुजबाट सबै जहाज पार नहुने हो भने अमेरिका आफैँले होर्मुजमा बन्देज लगाउने धम्की ट्रम्पले दिएका हुन्। या त सबै जहाज रोकिनुपर्‍यो वा सबै जहाज पार हुनुपर्‍यो । अब अवरोध भयो भने अमेरिकाले सबै जहाजलाई होर्मुज पार गर्न दिने छैन,उनले भनेका छन् । होर्मुजमा इरानको अवरोधले मध्यपूर्वको कच्चा तेलमा निर्भर मुलुकका अर्थतन्त्रमा गहिरो प्रभाव परेको छ । यसको मर्कामा अमेरिका स्वयं नै छ ।

यस्तो अवस्थामा ट्रम्प स्वयं होर्मुज बन्दका लागि किन अग्रसर हुन खोजे त ? प्राविधिक रूपमा होर्मुज बन्द छैन । इरानले २० लाख डलर टोल तिर्ने जहाजलाई होर्मुज पार गर्न दिइरहेको छ । इरानले आफ्नो तेल उक्त मार्गबाट पार गराइरहेको स्थिति छ ।

युद्धको समयमा इरानले १.८५ मिलियन ब्यारेल तेल पार गराएको तथ्यांक संस्था केप्लरले जनाएको छ । होर्मुजको लाभ इरानले मात्रै लिइरहेको भन्दै ट्रम्प प्रशासनले यो समुद्री नाका नै बन्द गर्ने धम्की दिएको हो । यदि यसो भयो भने यसले इरानसँगै विश्वभर नै तेलको भाउ ह्वात्तै बढ्ने छ । अहिले आंशिक निर्यात भइरहेको इरानी तेल रोक्ने बित्तिकै यसले झन् ठूलो संकट निम्त्याउने छ ।

त्यसैले अमेरिकी नौसेनाले इरानी तेल पार गर्न कुनै अवरोध गरेको छैन । अमेरिका स्वयंले मार्चमा इरानी ट्यांकरमा थन्किएका तेल विक्रीका लागि अस्थायी अनुमतिपत्र दिएको थियो । दशकौँदेखि अमेरिकाले इरानी तेलमाथि प्रतिबन्ध लगाउँदै आएको छ । सन् २०१८ देखि इरानको कच्चा तेल विक्रीमा अमेरिकाले पूर्ण प्रतिबन्ध लगाएको थियो ।

परमाणु सम्झौतामा इरान सहमति नहुँदा ट्रम्प उक्त निर्णयमा पुगेका थिए । ट्रम्पले मार्चमा उक्त प्रतिबन्ध आंशिक खुला गर्दा १४० अर्ब ब्यारेल तेल विक्री भएको छ । उक्त परिमाणले विश्वको डेढ दिनको माग पुरा गर्छ ।

अमेरिकाले तेल विक्रीमा अनुमति दिँदा इरानले आर्थिक लाभ प्राप्त गर्‍यो।यसले युद्धमा सहज भएको अमेरिकी बुझाइ छ । अन्तर्राष्ट्रिय मूल्यभन्दा प्रिमियम मूल्यमा समेत इरानले तेल बेच्दा राम्रै नाफा कमाएको अमेरिकी जिकिर छ ।

इरानी युद्धको प्रभावका कारण इन्धनको भाउ चर्किएसँगै बढेको मूल्यवृद्धिले आक्रोश जन्माएसँगै ट्रम्प युद्ध अन्त्यमा अग्रसर थिए । होर्मुज पार गर्नबाट रोकिएका करोडौँ ब्यारेल तेल पार गराउने उनको रणनीति थियो।

अमेरिकाले इरानको प्रतिबन्धित तेल खुला गर्दा त्यसको लाभ पश्चिमालेभन्दा बढी चीनले प्राप्त गर्‍यो । युद्ध लडिरहेको समयमा तेलको मूल्यमा नियन्त्रणमा राख्नका लागि हरेक रणनीतिक विकल्पको खोजी गर्‍यो ।

ट्रम्प प्रशासनले गत महिना लाखौँ ब्यारेल रुसी तेलमाथिको प्रतिबन्ध पनि हटाएको थियो । अहिले ट्रम्पले युद्ध अन्त्यका लागि इरानमाथि दबाब बढाउन तेल र ग्यासको मूल्य अझै बढाउनेगरी होर्मुज आफैँले बन्द गर्ने नीतितर्फ अग्रसर भएका हुन् । एजेन्सीको सहयोगमा

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>