देश/प्रदेश

आज मिति २०८२ साल चैत २९ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

Banner

चितवन, चैत २९-

वि.सं.२०८२ साल चैत २९ गते आइतबार, यस्तो छ ज्योतिषी भुपेन्द्र राज घिमिरेले तयार पार्नुभएको राशिफल

मेषः

आजको दिन रोकिएका अधुरा कामहरू पूरा हुनेछन् । साथभाई इष्टमित्रहरुबाट साथसहयोग मिल्नेछ । भगवान प्रति भक्तिभाव बढ्नेछ । रमाइलो यात्रा हुनसक्ने दिन रहेको छ ।

बृषः

शैक्षिक कार्यमा अवरोध आउला । यात्राको सम्भावना देखिन्छ । कृषि सम्बन्धि कार्यबाट सन्तोष हुनेछ । व्यर्थको वाद–विवादबाट भने जोगिनु पर्ने दिन रहेको छ ।

मिथुनः

अकस्मात धनहानीको योग रहेको छ । नोकरी तथा व्यापार व्यवसायमा समस्या आउनेछ । गोप्य रहस्य पत्ता लाग्नेछ । काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ ।

कर्कटः

मान सम्मान मिल्नेछ । शिक्षा तथा स्वास्थ्यका दृष्टिले दिन राम्रो रहेको छ । नसोचेको धन लाभ हुन सक्ने योग छ । पारिवारिक विषयवस्तुमा कुनै विवाद चलिरहेको थियो भने सुल्झिने समय पनि रहेको छ ।

सिंहः

शैक्षिक कार्य सफल हुनेछ । उद्योग, व्यापार, व्यवसाय फस्टाउनेछ । विरोधिहरु किनारा लाग्नेछन् । पशुपालन वा कृषि क्षेत्रबाट लाभ आर्जन गर्न सकिने छ ।

कन्याः

धनसम्पत्ती तथा पेय पदार्थको नोक्सानी हुने योग छ । पारिवार तथा सन्तान सुख कम हुनेछ । आजका दिन कार्यक्षेत्रमा सकेसम्म कुनै पनि कार्य अधुरो नछोड्नुहोला ।

तुलाः

शरीरमा आलस्यता उत्पन्न हुनेछ । व्यापार सन्तोषजनक हुने छैन । ईष्र्यालु मन भएकाहरूले काममा अवरोध पुर्याउन सक्नेछन् । बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउला ।

बृश्चिकः

रमाइलो यात्राको योग रहेको छ । नोकरी, व्यवसाय तथा अध्ययनको मार्ग शुभ रहेकाछन् । प्रविधि र सञ्चारको माध्यमबाट दैनिकी सहज हुनेछ । रमाइलो जमघटका बिच स्वादिष्ट भोजनको अवसर समेत मिल्नेछ ।

धनुः

मानसिक तथा शारिरीक समस्या आउनेछ । अनावश्यकरुपमा नसोचेको काममा धनक्षय हुनेछ । स्वस्थ प्रतिकूल हुन सक्नेछ, तर आत्मबल बढाएर काम गरेमा आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् ।

मकरः

स्वादिष्ट भोजनको अवसर जुट्नेछ । उपहार (गिफ्ट) समेत प्राप्तहुने योग रहेको छ । प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम कमाउने बेला छ । उद्योग तथा व्यापार व्यवसाय फस्टाउने छ ।

कुम्भः

काम कारोवारी एवं व्यवसायीहरुलाई आजको दिन त्यति फलदायी हुनेछैन । चोटपटक लाग्ने संभावना उच्च रहेकाले सावधान रहनुहोला । भरिसक्के नयाँ कामहरु सुरु नगर्नु नै उचित देखिन्छ ।

मीनः

काममा सफलता मिल्नाले मन प्रसन्न रहनेछ । विद्यार्थी तथा व्यवसायीहरुका लागि दिन सफल रहला । स्थानान्तरण र सफल यात्राको सम्भावना छ । पुरानो समस्या सुल्झाउन सकिनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>