झापा

वाइफाइ जडान गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

Banner

भद्रपुर (झापा), चैत २७-

झापाको बाह्रदशी गाउँपालिका–२ मा वाइफाइको प्लग जोड्ने क्रममा नाङ्गो तार छुँदा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । स्थानीय ३५ वर्षीया सुनिता बास्कीको करेन्ट लागेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार गएराति आफ्नै घरमा वाइफाइको प्लग जडान गर्ने क्रममा नाङ्गो तार छोएपछि बास्कीको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो ।

घटनाबारे अनुसन्धानका लागि प्रहरी अधिकृतसहितको टोली खटिएको र थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक खड्काले बताउनुभयो ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>