देश/प्रदेश

प्राविधिक शिक्षालयका लागि कागेश्वरी मनोहरास्थित अमरसिंहचोकमा ज्ञान महायज्ञ

Banner

काठमाडौं,चैत २६ –

काठमाडौंको कागेश्वरी मनोहरा–७ अमरसिंहचोकमा संचालित ‘कागेश्वरी शैक्षिक तथा धार्मिक महोत्सव तथा श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञ’ भक्तालुहरुको संख्या बढ्दै गएको छ ।

यही चैत्र २४ मंगलबार उद्घाटन भएको महायज्ञमा तेस्रो दिन विहीबार भक्तालुहरुको उल्लेख्य उपस्थिति देखिएको । चैत्र ३० गतेसम्म संचालन हुने महायज्ञमा दिनहुँ भक्तालुहरुको भीड बढेको हो ।

निजानन्द प्राविधिक विद्यालय स्थापना गर्ने उद्देश्यका साथ उक्त शैक्षिक महायज्ञ भइरहेको आयोजक निजानन्द परोपकार सेवा संस्थाका अध्यक्ष डा।कमल कोइरालाले जानकारी दिए ।

‘यो महायज्ञको पवित्र उद्देश्य छ, सडक वालबालिका र आमाबुबा गुमाएका बालबालिकाहरुका लागि प्राविधिक शिक्षा प्रदान गर्ने उद्देश्य हो । कागेश्वरी मनोहरा–७ मा निजानन्दम गुरुकुलम संचालन भइरहेको र त्यहाँ प्राविधिक शिक्षा प्रदान गर्न पूर्वाधारको अभाव छ । भवन निर्माणका लागि आर्थिक अभाव छ । प्राविधिक संरचनाहरुको अभाव छ । महायज्ञमार्फत सहयोगी मनहरु खोजीरहेका छौं । समाजसेवी र शिक्षाप्रेमीहरुले सहयोगको बचन पनि दिनुभएकोछ । अझै सहयोगका लागि अपेक्षा गरेका छौं,’ अध्यक्ष डा.कोइरालाले भने ।

महायज्ञ विपन्न परिवार,आमाबुवा गुमाएका,असहाय बालबालिका सडक बालबालिकालाई विशेष प्राथमिकता दिई आवाससहितको निःशुल्क प्राविधिक शिक्षा प्रदान गर्ने उद्देश्यका साथ महायज्ञ आयोजना भइरहेको हो ।

महायज्ञ व्यवस्थापन संयोजक मुकेश दंगालले देशका विभिन्न स्थानमा भ्रमण गर्दा आन्तरिक रुपमा सक्षम बालबालिकाहरु प्राविधिक शिक्षाबाट वन्चित भएको पाइएकाले प्राविधिक शिक्षा प्रदान गर्न सकिन्छ कि भनेर पहिलो प्राथमिकता राखेर भवन निर्माणको अभियान स्वरुप महायज्ञका लागि जुटेका हौं ।

‘प्राविधिक शिक्षा लिन चाहने धेरै बालबालिकाहरु आर्थिक रुपमा सक्षम छैनन् । उनीहरुलाई शिक्षा प्रदान गर्ने पवित्र उद्देश्य हो । सहयोग र सद्भावका लागि विभिन्न संघ संस्था एवम व्यक्तिहरु जोडिनु भएको छ । विभिन्न देशका राजदूताबासहरु हाम्रो कामप्रति प्रभावित भएका छन् । सबै भक्तालुहरुले पनि साथ दिनुहुन्छ भन्ने अपेक्षा पनि गरेका छौं,’ संयोजक दंगालले भने ।

महायज्ञमा नियमित रूपमा मण्डन पूजन, श्रीमद् भागवत पाठ, श्रीमद् भागवत कथा चर्चा, आरती तथा प्रसाद तिलक चन्दन वितरण तथा कथा वाचन भइरहेको छ ।

महायज्ञमा अन्तर्राष्ट्रिय ख्याति प्राप्त भागवताचार्य श्रीकृष्ण शास्त्रीजी महाराजले कथा बाचन गरिरहेका छन् । साथै संगीतमय झाँकी प्रदर्शन भइरहेको छ । न्यूज बैंक

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>