देश/प्रदेश

लागू औषध ब्राउन सुगरसहित ३ जना पक्राउ

Banner

विराटनगर, चैत २५-

झापा र सुनसरी जिल्लाका दुई छुट्टै स्थानबाट लागू औषध ब्राउन सुगरसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

चैत २४ गते झापाको मेचीनगर नगरपालिका-६ स्थितमा लागू औषध नियन्त्रण व्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा पैदल यात्री कमल गाउँपालिका-६ का २४ बर्षीय नवराज भट्टराईलाई ६ ग्राम ७५० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ ।

यस्तै, जिल्ला प्रहरी कार्यालय सुनसरीले इनरुवा नगरपालिका-४ बाट को। ३९ प ५९३७ नम्बरको स्कुटरमा सवार धरान-१७ का असिम राई र चिरञ्जिवी राईलाई ३ ग्राम ८०० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरको छ । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ । न्यूज बैंक

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>