देश/प्रदेश

नेपाली लेखक सङ्घ कास्कीको अध्यक्षमा अथक

Banner

गण्डकी, चैत २२

नेपाली लेखक सङ्घ कास्कीको छैटौँ अधिवेशनले कमल पौडेल (अथक) को अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।

समितिको उपाध्यक्षमा चन्द्रावती वाग्ले, सचिवमा रोशन तिमिल्सिना, सहसचिवमा वसन्त चालिसे, कोषाध्यक्षमा गायत्री पराजुली र सदस्यमा भेषराज पौडेल निर्वाचित हुनुभएको छ ।

यसअघि सङ्घका सल्लाहकार लक्ष्मी थापाको संयोजकत्वमा हिममाया पौडेल र अमृत क्षेत्री सदस्य रहनुभएको निर्वाचन समिति गठन गरिएको थियो ।

समितिका अन्य सदस्य तथा सल्लाहकारहरू अब बस्ने कार्यसमिति बैठकले चयन गर्ने नवनिर्वाचित अध्यक्ष अथकले जानकारी दिनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>