देश/प्रदेश

ओखलढुङ्गामा आगलागी ५७ लाख बढीको क्षति

Banner

ओखलढुङ्गा, चैत २१-

जिल्लाको सिद्धिचरण नगरपालिका–२, केउरेनीका बुद्धिकुमार आचार्यका दुई वटा घरमा आगलागी हुँदा रु ५७ लाखभन्दा बढीको क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान विद्युत् चुहिएर आगो सल्किँदा दुवै घर पूर्ण रूपमा जलेका तथा लत्ताकपडा, भाँडावर्तन,सुनचाँदीलगायत घरमा रहेको रु १० लाख नगदसमेत खरानी भएको छ । आगलागीमा रु ५७ लाख १० हजार ७५० बराबरको क्षति भएको छ ।

स्थानीय र प्रहरीको सहयोगमा करिब तीन घन्टामा आगो निभाइएको थियो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>