देश/प्रदेश
बर्खा र गर्मीयाममा देखिने सर्पहरू: डर होइन, पहिचान गरौँ

काठमाडौँ, चैत २१-
सानै बाट हामीलाई सर्प भन्ने बितिकै ४ कोश टाढा भाग्न सिकाएको भएर होला सर्प भन्ने बितिकै धेरै जसो मान्छे को मनमा एककिसिमको डर बसेको हुन्छ । सर्पसँग को हाम्रो डर जन्मजात नभएर धेरै पछाडि मात्र बिकास भएको कुरा हो ।
हुनपनि संसार भरी बर्सेनी १००० जना भन्दाबदीको ज्यान सर्पको टोकाईको कारणले जाने गर्छ । अझै धेरै मान्छेहरुलाई त सबै सर्प बिसलु हुन्चन र टोक्ने बितिकै मरिन्छ भन्ने लागेको पाइन्छ । तर, संसार भरी पत्ता लागेका ३४०० भन्दा बडी सर्प मध्य कारीब ७०० मात्र बिसालु हुन्छन र त्यसमा पनि कारीब २०० वटा सर्पमा मात्र मान्छेको ज्यान लिन सक्ने बिष हुन्छ । नेपाल मा भने अहिले सम्म ८९ प्रजातिको सर्प अभिलेख भएका छन् भने ति मध्य १८ ओटा सर्प मात्र मन्छेको ज्यान लिनसक्ने बिष भएका हुन्छन । नेपाल मा पाइने बिषालु सर्पहरु मध्य किङ कोब्रा (राज गोमन्) र ब्यन्डेड करेत् (लक्ष्मी नाग्) त संसारकै सबै भन्दा खतरनाक बिष भएका सर्प मध्य पर्छन । तर यो दुबै सर्प निकै लजालु स्वभाव का हुन्छन् र अरु सर्पहरु खाएर आफ्नो पेट पल्ने गर्छन ।
त्यही कारणले उनीहरु आफ्नो बिष अनावस्यक रुपमा खेर फाल्न चाहँदैनन् र यि दुबै सर्पले टोकेर मन्छेको मृत्यु भएका घाटना निकै कम भेटिन्छन् । अझै केहि प्रजातीका सर्पहरुले त बिष खेर फाल्न नचाहेएर सुखा टोकाइ पनि गर्ने गर्छन् । हाम्रो पर्यावरणमा मुसा, व्यागुत्ता, छेपारा,चरा हरु को पनि सङ्ख्या स्थिर राख्न सर्पहरुको निकै ठुलो भूमिका छ । नेपालमा समान्यतया पाइने बिषालु सर्पहरु गोमन्, करेत्, हरेउ,बाघे सर्प आधी हुन् । खेती योग्य जमिनको अभाब पानीको मुहानहरुमा फोहोर, सवारिसाधनहर सँगको ठक्कर, मान्छेले देख्यो कि मार्ने प्रवृत्ति जस्ता घटनाहरुले सर्प सम्रक्षणमा समस्या आइरहेको छ । यदी सर्प सम्रक्षणमा समयमै ध्यान नदिने हो भने भबिष्यमा हाम्रा खेतहरु मुसाहरुले भरिनेछन् र खोलानाला व्यगुताले, जस्ले हाम्रो खेती किसानि र पर्यावरणमा ठुलो नकारात्मक असर पर्ने छ ।
























